काठमाडौं । भेस्पा-अप्रिलाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले कान्तिपथमा नयाँ सोरुम खोलेको छ । भेस्पा-अप्रिला भारतीय प्रमुख प्रकाश सुधले कम्पनीको नयाँ सोरुमको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
डेल्टा अटोक्रम प्रालिका म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकलाई सरल गराउन विभिन्न ठाउँमा आफ्नो सोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन् । कम्पनीले आफ्नो सेवाहरू नेपालको विभिन्न ठाउँमा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत महतोले बताए ।
आगामी दिनमा विभिन्न राइडका साथै सर्भिस क्याम्पहरू गराउने पनि उनले जानकारी दिए । कम्पनीले आफ्नो नयाँ सोरुमहरू काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौँ उपत्यकाबाहिर ५० भन्दा बढी विभिन्न ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गराउँदै आएको जनाएको छ ।