काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ’बीपीए अवार्ड २०२२’ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)द्वारा एनसीएचएलले नेसनल बेस्ट प्रजेन्टेड अवार्ड (बीपीए)अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ’सर्टिफिकेट अफ मेरिट’ प्राप्त गर्न सफल भएको हो ।
एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षमा पनि एनसीएचएलले आइक्यान तथा साउथ एसियन फेडेरेसन एकाउन्टेन्टबाट विभिन्न पुरष्कार तथा सम्मान प्राप्त गरिसकेको जानकारी दिएको छ । सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधाअन्तर्गत एनसीएचएलले दोस्रो स्थानको पुरस्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ’साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड’अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ ’सर्टिफिकेट अफ मेरिट’ पनि प्राप्त गरेको छ ।