काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्ने काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।
बुधबार बसेको संसदको बैठकमा रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरेका थिए । सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’
कर्मचारी सरुवा गरेर टार्न पाइँदैन भन्दै उनले यो पुरस्कार हो कि कारबाही हो भनेर प्रश्न गरे । यसबारे गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ उनले भने।