काठमाडौं । बिहीबार बिहान अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । विमानस्थलमा पुगेर उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

राजस्व अनुसन्धान विभागले केही दिन अगाडि विमानस्थलको भन्सारबाट ठूलो मात्रामा पास भएको सुन बरामद गरेको थियो । त्यही सिलसिलामा महतले विमानस्थलको निरीक्षण गरेका हुन् ।