काठमाडौं । सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीलाई दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड ३२ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार आठ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइएको हो । कम्पनीको हकप्रद सेयरको निष्काशन एवम् बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।