काठमाडौं । आईसीएफसी फाइनान्सले मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले साउन महिनामा विशेषरूपमा मनाइने महेन्दी कार्यक्रम‘मेहेन्दीको महिना, माया र सद्भावले लगाऔं भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङ्गजस्तै सम्बन्धलाई गाडा र रंगीन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
फाइनान्सले देशैभर रहेको विभिन्न २१ वटा शाखामा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहकलगायत अन्य महिला दिदीबहिनीहरूको उपस्थितमा मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।