काठमाडौं । काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा कुमारी बैंक लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । यी शाखाहरू २०८० साउन १० गतेबाट सञ्चालनमा ल्याएकोे बैंकले जनाएको छ । बैंकले सो क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरेको बताइएको छ । बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्नो देशभर रहेका तीन सय चारवटा शाखा सञ्जाल, तीन सय सातवटा एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । आगामी दिनमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।