कैलाली, धनगढी उपमहानगपालिका ८ अनामनगरस्थित कैलारी गाउँपालिका ४ नवलपुर बस्ने ३१ वर्षीय सुरज चौधरीको जिएस अटो पार्टस मोटरसाइकल पार्टपुर्जाको पसलमा विद्युत तार सर्ट आइतबार बिहान आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।