काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन सात गते चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्यो । त्सस दिन हल्लै हल्लाको भरमा सेयर बजार बढ्यो । तर त्यसको दोस्रो दिन अर्थात साउन आठ गते सोमबारबाट ओरालो लागेको सेयर बजारको ओरालो यात्राले साउन १४ गते अर्थात आज आईतबारसम्म पनि निरन्तरता पाएको छ । जसअनुसार बजार परिसुचक आज २६ दशमलव १४ अंकले ओरालो लागेर २१ सय बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले ओरालो लागेर तीन सय ९९ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४६ हजार तीन सय २७ पटकको कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ रुपैंयाँ ८७ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आ १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुमहरको सुचक ओरालो लागेका छन् ।