काठमाडौं,पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पीएल (प्रेमलाल) सिंहको आइतबार आन्द्राको शल्यक्रिया गरिएको छ । खाना अरुचि भएपछि सिंहलाई उपचारका लागि शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना गरेपछि सिंहले रगत वान्ता गरेका थिए । परीक्षणको क्रममा उनको आन्द्रा फुटेर रक्तश्राव भएको पुष्टि भएपछि उक्त आन्द्राको शल्यक्रिया गरेर रक्तश्राव रोकिएको छ । ‘सिंह अस्वस्थ भएपछि शनिबार मेडिसिटी अस्पताल लगिएको थियो । आइतबार आन्द्राको शल्यक्रिया गरेर रक्तश्राव रोकिएको छ । अहिले उहाँको अवस्था खतरामुक्त छ’, पारिवारिक स्रोतले आर्थिक दैनिकसित भन्यो । शल्यक्रियाबाट रक्तश्राव रोकिए पनि सिंहको थप उपचार सोही अस्पतालमा भइरहेको छ ।