काठमाडौं,नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा पुरानो नवीकरणअन्तर्गत रहेर उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।
यसरी बिक्री गरिने कुल टे«जरी बिलमध्येमा २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको आठ अर्ब १० करोड र एक सय ८२ दिन अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जारी मिति साउन १६ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् ।
बिक्री गरिने उक्त टे«जरी बिलहरूमा क्रमशः २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । यीमध्ये २८ दिन अवधिको २०८० भदौ १२ गते, ९१ दिनको २०८० कात्तिक १४ गते र एक सय ८२ दिन अवधिको २०८० माघ १६ गते परिपक्व हुने अवधि तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
गतसाता पनि राष्ट्र बैंकले कुल १२ अर्ब ६० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । जसध्ये २८ दिने अवधिको चार अर्ब र ९१ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँबराबरको रहेको राष्ट्र बैंकको भनाइ छ ।
ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल भनेको एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय ६४ दिने गरी चार किसिमका हुन्छन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकको विभिन्न अवधिको टे«जरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्नेछ । टे«जरी बिल मात्र बिक्री गरेर आर्थिक वर्ष २०७९–०८०मा राष्ट्र बैंकले कुल एक खर्ब ५० अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको थियो ।