काठमाडौं । अपी पावर कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य दशमलव ४० प्रतिशत अर्थात् १ः०४० को अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब ६५ करोड ३३ लाख १३ हजार सात रूपैयाँ बराबरको एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।
चुक्ता पुँजी चार अर्ब १३ करोड रूपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात भने चुक्ता पुँजी पाँच अर्ब ७८ करोड रूपैयाँ पुग्ने छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमार्फत यही साउन ३१ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य भदौ १९ गते बन्द हुनेछ ।