काठमाडौं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्किमसहित आफ्नो कारोबारलाई तीव्रता दिने भएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जबाट सञ्चालन अनुमति पाएपछि स्किमअनुसार सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्ने र आजीवन नवीकरण जम्मा नौ सय ९९ रुपैयाँमा गरिने कम्पनीले जनाएको छ । योसँगै पुँजीबजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।