काठमाडौं । माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्य को को हुन् भनेर पहिचान गर्न मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनु अघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गरेको छ । सबै केन्द्रीय सदस्यहरूको कार्ड छपाइको काम सकिएको र आफ्नो पार्टीमा ३८७ जना केन्द्रीय सदस्य रहेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले जानकारी दिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले धमाधम केन्द्रीय सदस्य मनोनयन गर्दा त्यसको संख्या झण्डै साढे पाँच सय पुगेको थियो तर यसको रेकर्ड कतै पनि राखिएन। अहिले केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि ती सदस्यहरूबारे अध्ययन गरेर संख्या निर्धारण गरिएको छ।