काठमाडौं । सेयर बजारको उकालो यात्रा एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन झण्डै छ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार २८ दशमलव ५९ अंकले ओरालो लागेर दुई हजार ७७ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १३ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४० हजार आठ सय ३७ पटकको कारोबारमा ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार आठ सय ९९ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्सें) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।