काठमाडौं । अनाथ बालबालिकाको छात्रवृत्ति कार्यक्रमका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्डेसनले हलिउड चलचित्र ‘बार्बी’ को च्यारिटी सो आयोजना गरेको छ । पूर्व मिस नेपालहरूको सहकार्यमा क्यूएफएक्स सिनेमाज् सिभिल मलमा सो अंग्रेजी चलचित्रको प्रिमियर सो गरिएको थियो ।
फाउन्डेसन र पूर्व मिस नेपालले संयुक्तरूपमा कोभिड– १९ बाट आफ्ना आमाबाबु÷अभिभावकहरू गुमाएका देशभरका बालबालिकाको पारिवारिक आर्थिक अवस्था हेरी माध्यामिक तह (एसईई)सम्मको शिक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराउने गरेका छन् । सोहीअनुरूप हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकेको बताइएको छ । सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको आयोजकले जनाएको छ ।