काठमाडौं । भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले असार २०८० मा विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ । जेठ १७ मा प्रचण्ड भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । मन्त्रीहरुसहित उनको भ्रमणमा जम्बो टोली सहभागी थियो ।