काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १४औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता वार्षिक उत्सव समारोह सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न छ वटा विधामध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा ट्रफी वितरण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सोही अवसरमा कम्पनीमा पाँच वर्षे सेवा अवधि पुगेका, यस वर्षको अवधिभरमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका चार जना कर्मचारीलाई पनि प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवारसहित निःशुल्क रिसोर्टमा बस्ने भौचर कुपन प्रदान गरिएको थियो । कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीलाई घरमा प्रयोग हुने खालको उपहार समेत दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष ढकालले पर्यटकीय गन्तव्यस्थलको रूपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पहिलो रोजाइस्थल हुने गरी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरेका थिए ।