दोलखा, जिल्लाकोको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
पहिरोमा बेपत्ता हुनेहरूमा स्थानीय ५५ बर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ बर्षका हरिलाल श्रेष्ठ रहेका छन। उनीहरूको खोजी भइरहेको छ ।
पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छभने,दुई दर्जन घरमा आँशिक क्षति गरेको छ्।वडा नम्बर ८ खारेबाट झरेको पहिरोले वडा नम्बर ७ मा पट जनधनको क्षति गरेको हो। वडा नम्बर-७ मार्बु टोपाटारमा ६ घर पुरेको छ भने दर्जनौं घरपरिवारलाई विस्थापित बनाएको वडा अध्यक्ष सोनाम शेर्पाले बताए।
यसैबीच पहिरोमा परेर गम्भीर घाइते भएका यज्ञ बहादुर थामी र धनकुमारी थामीलाई हेलिकप्टर मार्फत उदार गरेर उपचारको लागी काठमाडौं लगिएको छ।अहिले स्थानीय जनप्रतिनिधि,प्रहरी,स्थानीयले बेपत्ता खोजी गरिरहेका छ।