मङ्गलबारे । इलाममा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो ।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएको परिचयपत्र वितरण गरिने प्रशासनले जनाएको छ ।