काठमाडौँ, वैशाख १७
बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पुँजीबजारका सरोकारवालहरूसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै रानाभाटले बजार बन्द भए पनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निर न्तर भएकाले समस्या हुने बताए ।
वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिर्दै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए । हाललाई लगानीकर्ताहरूको खाता नवीकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौँ । लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउनेतर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।