काठमाडौँ, वैशाख १७
सनराइज बैंकमा घरबाट नै निक्षेप खाता खोल्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार यसरी खोलिएको निक्षेप खातामा ब्याजसमेत उच्च रहेको छ । ग्राहकले बैंकको ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सक्नेछन् । यससँगै लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेपकर्ता ग्राहकहरूले आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी समेत गर्न सक्नेछन ।
बैंकका अनुसार यसरी खोदिएको निक्षेप खातामा सर्वाधिक उच्च ब्याज आठ दशमलव २५ प्रतिशत ब्याजमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको छ । यस मुद्दती खाताको अवधि न्यूनतम तीन महिना रहेको छ । बैंकको सनराइज स्मार्ट प्रयोग गरी सजिलै खोल्न सकिने यो मुद्दती खातामा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
यो खाता खोल्नको लागि ग्राहकहरूले घरबाटै सनराईज मोबाइल बैकिङ प्रयोग गरी सरलरूपमा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । सनराइज स्मार्ट बैकिङ प्ले स्टोेर अथवा एप स्टोरबाट सजिलै डाउनलोड गरी आफै रजिस्टर गर्न सकिने बैंकले जानकारी दिएको छ । ग्राहकहरूले सनराइजको मोबाइल बैकिङ (सनराइज स्मार्ट) प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाइ टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू घरबाटै निःशुल्क गर्न सकिने जानकारी समेत बैंकले दिएको छ ।