काठमाडौँ, वैशाख १७
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा दुुई दशमलव दुुई प्रतिशतले बढी हो ।
बैंकले गत आवको सोही अवधिमा भने एक अर्ब छ करोड ९६ लाख दुुई हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४१ करोड नौ लाख ६६ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बंैकको वितरणयोग्य नाफा ६६ करोड पाँच लाख १२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैकले ७० अर्ब ५० करोड ९० लाख ८५ हजार रूपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब आठ करोड ७२ लाख ४५ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।