काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशक्य छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गरी निर्माण व्यवसायीका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न आग्रह गरेको हो ।
‘उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीको सामना निजी क्षेत्रले गरिरहेको छ’, परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराउन चाहन्छ ।’