रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ र १८ जना घाइते भएका छन् । ना ख २६१२ नम्बरको दुर्घटना भएको बसमा घाइते भएकाहरूलाई उपचारका लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विकको दुर्घटनामा मृत्यु भएको छ । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीले जानकारी गराएको छ ।