काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका दुई चिनियाँ नागरिकलाई प्रहरीले रिहा गरेको छ ।

सुन तस्करीमा संलग्न भएको आशंकामा समातिएका उनीहरू संलग्न भएको नदेखिएकाले छाडिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको नाम मिल्दो जुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सीआईबीमा बुझाएका थियो ।