काठमाडौं । ओपुलेन्स एजुकेसन ग्रुपले क्यानडा र अस्ट्रेलियाको अध्ययन अवसरको लागि भेटघाटसहित जानकारी गराउने भएको छ । ओपुलेन्सले आइतबार साँझ होटल याक एन्ड यतिमा एक कार्यक्रम आयोजना गरी नेपालभर रहेका शैक्षिक परामर्श व्यवसायीलाई क्यानडा र अस्ट्रेलिया अध्ययनको बारेमा जानकारी गराउन लागेको हो ।
ओपुलेन्सका सहायक संस्थापक पुनित खन्नाले कार्यक्रममा क्यानडा र अस्ट्रेलियाका विभिन्न कलेजको शैक्षिक प्रणाली तथा त्यहाँको गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउने बताए । खन्नाले पहिलो चरणमा क्यानडाका पाँचवटा कलेज र अस्ट्रेलियाका तीनवटा कलेजको बारेमा जानकारी गराउने बताउँदै आवश्यक भएमा थप कलेज तथा त्यहाँको विषय, अध्ययन शैलीलगायतका विषयमा पनि जानकारी गराइने उल्लेख गरे । ओपुलेन्सका अर्का संस्थापक सहायक निर्देशक सुशील शेठले क्यानडा र अस्ट्रेलियाका प्रसिद्ध सहरमा रहेका उत्कृष्ट कलेज र त्यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीको बारेमा व्यवसायी तथा नेपाली विद्यार्थीलाई जानकारी गराउने उद्देश्यसहित कार्यक्रम तय भएको बताए ।
सन् २०१८ बाट आफ्नो इतिहास बोक्दै अघि बढेको ओपुलेन्स ग्रुपले हालसम्ममा क्यानडाका एभिलोन कलेज, एकेडेमी अफ लर्निङ, प्रोफेसनल इन्स्टिच्युट अफ मसाज थेरापी ग्यानभिल कलेज तथा अस्ट्रेलियामा अस्ट्रेलियन इन्टिच्युट अफ टेक्नोलोजी एन्ड कमर्स, यारा कलेज र इलाइट एजुकेसन इन्टिच्युट सञ्चालनमा ल्याएको छ । ती विभिन्न शिक्षाबाट क्षमतावान् विद्यार्थी निकाल्न ग्रुप सफल भएको छ ।