काठमाडौं, वैशाख १८
कोरोना भाइरस (कोभिड—१९) महामारीविरुद्ध लड्न कोका—कोलाले नेपाललाई ८ करोड सहयोग गर्ने भएको छ । कम्पनीले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपत्कालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पु-याउन ८ करोड प्रारम्भिक सहयोग गर्ने जनाएको छ । कोका—कोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढी जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको जनाएको छ ।
नेपालमा कोका—कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपत्कालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ । यसको साथै कम्पनीले आपत्कालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ ।