काठमाडौं । सोमबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए।
विदेशमा रहेका साथीहरूले कार्यक्रममा बस्न नपाएपछि चित्त पनि दुखाउनुभयो। म के गरूँ, विभिन्नले लेखिरहेका छन्।आफू विदेश गएपछि माधवकुमार नेपाल भाग्यो भनेर लेखेको ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने ।
उनले थप दुई देश भ्रमणको योजना रद्द गरिएको पनि बताए। उनले भने, ‘ मैले कुनै भ्रष्टाचार गरेको छैन, केही बिराएको छैन, कुनै अपराध गरेको छैन,’ तर अलिकति चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो।’ उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन्।