काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा १२ करोड ८७ लाख ७८ हजार सात सय ६६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा २४ करोड चार लाख ४४ हजार छ सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैंयाँ रहेको संस्थाले आव २०७९/८० मा तीन अर्ब १२ करोड छ लाख ५९ हजार आठ सय २६ रुपैैयाँ निक्षेप संकलन गरी सात अर्ब २८ करोड ६७ लाख ९७ हजार ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५० करोड २० लाख ६९ हजार सात सय छ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड २१ लाख ८३ हजार ९६ रुपैयाँ रहेको संस्थामा चार दशमलव २८ प्रतिशत स्प्रेडदर रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ९६ करोड १२ लाख ७० हजार छ सय सात रुपैयाँ निक्षेप संंकलन गरी आठ अर्ब २४ करोड २१ लाख ४५ हजार सात सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५४ करोड १४ लाख चार हजार एक सय ९९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।