काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औँ वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो ।
अफरअन्तर्गत कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सकिनेछ । पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले एमजी मोटर्सको १०० औँ वार्षिकोत्सवको अवसरमा यो अफर ल्याएको जानकारी दिए । यो अफर साउन २६ गतेदेखि सुरु भएको र भदौ २४ गतेसम्म लागू हुने बताइएको छ । यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगञ्ज, विराटनगरस्थित डिलरमा उपलब्ध हुने बताइएको छ ।