काठमाडौं, वैशाख १८
समता लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा तीन करोड ३८ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै एक करोड रुपैयाँले बढी हो । संस्थाले गत आवको सोही अवधिमा दुई करोड ४७ लाख नौ सय ८७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा ६३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको जगेडा कोषको आकार भने चालू आवको तेस्रो त्रैमासिक अवधिमा नौ करोड रुपैयाँको हाराहारीमा पुुगेको छ । संस्थामा हाल दुुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थामा एक दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।