काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । साताको तेसो कारोबार दिन आज मंगलबार नेप्से ३१ दशमलव ८० अंकले घटेर दुई हलार ४५ दशमलव ४४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबा।र कारोर मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ८४ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७८ वटा कम्पनीहरुो ६१ हजार तीन सय ४१ पटककको कारोबारमा कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ रुपैंयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक उकालोे लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।