काठमाडौं, वैशाख १८
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि एक लाखको बीमालेख प्रदान गरेको छ । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन् । कम्पनीसँग आबद्ध बीमा अभिकर्ता (सिटिजन लिडर)हरुको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथायस पेशालाई अझ मर्यादित एवं व्यावसायिक बनाउन सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई एक लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ । उक्त सुविधा कम्पनीले निर्र्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामूहिक बीमा बीमालेख खरिद गरी उपलब्ध गराएको हो ।
बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउनेबित्तिकै यसअघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोही सुविधा उपलब्ध गराएको थियो । कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै बीमा रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।
आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता वृद्धि विकासमा अग्रणी भूमिकामा रहँदै आएको सिटिजनले आफ्नो यो प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको कम्पनीले जनाएको छ । हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिम्ममा १० करोड तीन लाख ४२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधि भने कम्पनीको यस्तो नाफा सात करोड एक लाख ७६ हजार रूपैयाँ रहेको थियो ।