काठमाडौं, वैशाख १८
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब तीन करोड छ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ३१ दशमलव १९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५४ करोड ७९ लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिको बैंकको वितरणयोग्य नाफा भने ६४ करोड १२ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो पटक राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चात् चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रुपैयाँ पु-याएको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब १० करोड ४६ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ३४ करोड आठ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शुन्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ भने एक सय ४४ रुपैयाँ ६२ पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७७ अर्ब चार करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड ५४ लाख दुुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६० करोड १५ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।