काठमाडौं,काठमाडौं महानगरपालिकाले आज देखि मापदण्ड विपरीत संचालन भएका टिकट काउन्टर हटाउने निर्णय गरेको छ । शुक्रबार बिहान चाबहिल चोकमा काउन्टर खाली गराउने काम सुरु गरेको छ ।

महानगर प्रहरी(एसपी) राजुनाथ पाण्डेको कमाण्डमा रहेको प्रहरीले मापदण्ड विपरित संचालन भएका टिकट काउन्टरहरु खाली गराउने काम सुरु गरेको छ ।