रसुबा,नेपाल प्रहरीले रसुवाबाट २ केजी सुन बरामद गरेको छ । प्रहरीले सुन सहित २ जनालाई पक्राउ गरेको हो । शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।