काठमाडौं । लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको सभामुख देवराज घिमिरेले बताएका छन् । राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई उनले आइतबार छलफलमा बोलाएका थिए । एमालेले बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।
साउन १० यता मात्र आफूले ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको र सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको सभामुख घिमिरेले बताए । तर आफ्नो अडानबाट प्रमुख प्रतिपक्ष तलमाथि नहुने, सत्ता पक्ष सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको उनले बताए ।