काठमाडौं । सेयर बजार घटेर रातै देखिएको छ । साताको पहिलो दिन आज आईतबार बजार परिसुचक २१ दशमलव ९९ अंकले ओरालो लागेर दुई हजार ११ दशमलव १४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव १२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट आज ४३ हजार तीन सय ४६ पटकको कारोबारमा ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौं सय ४२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा समुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।