काठमाडौं । उमंग क्रिएसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन् । एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । २२ जनामध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फाइनल भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए ।
प्रतिस्पर्धीलाई प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा.अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बानिया, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो । २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।