काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावरबीच साधारण सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला–ए जलविद्युत् आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२ दशमलव पाँच मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।