काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार परिसुचक अन्तत दुई हजार बिन्दुबाट पनि तल झरेको छ । अघिल्लो दिन झण्डै २२ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १२ दशमलव ९३ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव २८ बिन्दुमा झरेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५० अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३९ हजार चार सय २५ पटकको कारोबारमा ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।