काठमाडौं । लक्ष्मी भ्यालु फण्डको इकाइ आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनी ८० करोड बराबरको आठ करोड इकाइको बिक्री खुल्ला भएकोमा सबै इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।