काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेसनले अनलाइन आर्ट प्रतियोगिताको घोषणा गरेको छ । फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरू गरेको हो । प्रतियोगिताअनुसार हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङमध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गरिने कम्पनीले जनाएको छ ।
पेन्टिङ ‘एक अभियान’को फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने बताइएको छ । उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानीलकण्ठ जेसिसका अध्यक्ष मोहन गुरुङको संयोजकत्वमा एकजना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाइएको छ । उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने बताइएको छ ।