काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन बीच बुधबार भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा उनीहरु बिच भेटघाट भएको थियो। भेटघाट कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,,केन्द्रीय सदस्य श्री प्रतिभा रावल लगायत नेताहरुको सहभागिता रहेको थियो । भेटवार्तामा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको थियो । उक्त भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुतावसको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले बताएका थिए ।