काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड ६४ लाख ६३ हजार ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ५६ लाख ६४ हजार सात सय २९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ७९ करोड १३ लाख ८१ हजार आठ सय ७४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब सात करोड ७५ लाख ४५ हजार नौ सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ३५ लाख ७२ हजार चार सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६१ लाख ६४ हजार छ सय ३६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ७८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ७७ करोड १३ लाख १४ हजार नौ सय ८६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ११ करोड सात लाख ७२ हजार चार सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ३१ लाख ७८ हजार चार सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६३ प्रतिशत रहेको थियो ।