काठमाडौं, वैशाख १९
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पूुर्णावधि दाबी (म्याचुुरिटी क्लेम)बापत एक करोड ८४ लाख ४१ हजार नौ सय ८५ रूपैयाँ भुक्तानी गरेको छ । कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरूलाई डिजिटल माध्यमवाट विविध बीमा सेवा उपलब्ध गराउँदै आएको र सोहीअनुसार पछिल्लो अवधिमा उक्त परिमाणको रकम भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधासमेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरूको कोरोना (कोभिड १९) रोगबापत एक वर्षको लागि बीमा गरेको छ । सो रोग लागेको पीसीआर प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमांक रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसबाट कम्पनीमा कार्यरत कर्मचारीहरूको मनोवल उच्च हुने र व्यवसायमा सकारात्मक प्रभाव पार्ने दाबी कम्पनीले गरेको छ ।
चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार रूपैयाँ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २३ करोड ५८ लाख ७० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ११ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।