काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा तीन लाख २८ हजार ६६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ८७ लाख ११ हजार नौ सय ५९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा २० करोड ८४ लाख २५ हजार दुई सय ६२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७७ करोड २३ लाख ९४ हजार तीन सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ५३ लाख २२ हजार चार सय ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक करोड नौ लाख २५ हजार सात सय ५३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने शून्य दशमलव ८५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ३१ करोड १५ लाख ७४ हजार तीन सय ९४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब छ करोड ७१ लाख ४९ हजार आठ सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधि १० करोड ३१ लाख ६० हजार चार सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६४ प्रतिशत रहेको थियो ।