काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा २२ करोड १४ लाख ६९ हजार तीन सय ५८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संंस्थाको यस्तो नाफा ६३ करोड चार लाख २८ हजार दुई सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ५६ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा आठ अर्ब ४१ करोड ५४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३१ करोड ५१ लाख ४१ हजार चार सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १५ करोड ५७ लाख ९० हजार छ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ७६ करोड ६२ लाख ४९ हजार पाँच सय २५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर चार दशमलव ७० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले सात अर्ब ९५ करोड ९१ लाख एक हजार तीन सय ६८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९४ करोड दुई लाख दुई हजार सात सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३५ करोड ७४ लाख ४३ हजार पाँच सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ३४ प्रतिशत रहेको थियो ।