काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक विक्रेता एमए डब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले दुईवटा विद्युतीय ट्रक सार्वजनिक गर्ने भएको छ । कम्पनीले नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअफ ट्रक र ईभी भ्यान १५/१५ सिटर लन्च गर्ने तयारी गरेको हो ।
नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टिएम १ (ईभी पिकअप ट्रक) पूर्णरूपमा नेपाली भूगोल सुहाउँदो रहेको बताइएको छ । यस ईभी पिकअप ट्रकले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेको दाबी छ । नेपालको चुनौतीपूर्ण भू–भागमा विगत दुई/तीन महिना परीक्षण अवधि पार गरिसकेपछि सो ट्रकलाई नेपालमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । साथै, ईभी भ्यानको पनि औपचारिकरूपमा यहि कार्यक्रममा लन्च गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस नाडामा गाडी खरिद गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था रहेको छ ।